काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव शक्ति बस्नेतले देशमा भएका राम्रा कामको जस लिने नेतृत्वले काम गर्न नसक्ने विषयको भारी संविधानलाई बोकाउने प्रचलन बढेको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले राम्रा कुराको श्रेय लिनेले कमीकमजोरीको भारी संविधानलाई नबोकाइदिन अनुरोध गरे ।
‘विगतका परिवर्तन भन्दा फरक यो परिवर्तन गाउँमा बसेको अशिक्षित किसानले राजनीतिक परिवर्तनको महसुस गरेर यो परिवर्तन आएको हो‚’ उनले भने‚ ‘ राम्रो भएको श्रेय लिने अनि गर्न नसकेका कामको भारी संविधानलाई बोकाउने काम नगरौँ ।
जनताका थ्रुपै आवश्यकता अपेक्षा पूरा गर्न बाँकी रहेको भन्दै उनले त्यो पुरा गर्न कमीकमजोरी भएको स्वीकार गरे । भएका राम्रो काम आफूले गर्दा भन्ने नेतृत्वले पूरा नभएका कमी भएका विषयलाई पनि सुधार गर्दै लैजानुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १६ : ०२
लेखकबाट थप