लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

सफल खबर संवाददाता

मंगलबार, ०४ भदौ २०८१, १४ : ४३
लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत मागेका हुन् ।

उनी गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासको मत मागेका छन् ।

प्रदेशको समृद्धिको आकांक्षालाई मुर्तरुप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए ।समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस