यसरी सफल बनाउनुस् जीवन

एजेन्सी

आइतबार, २१ असोज २०७५, १५ : ५५
यसरी सफल बनाउनुस् जीवन

श्री श्री रविशंकरको जन्म १३ मेई १९५६ मा भारतको तमिलनाडुमा भएको थियो । १९८२ मा रविशंकर १० दिनको मौनतामा पुगे । केही व्यक्तिलाई मान्ने हो भने यही समय उनी परम ज्ञाता भएर र उनले सुदर्शन क्रिया (श्वास लिने तरिका)को खोजी गरे । रविशंकर आज आध्यात्मिक गुरुका रूपमा विश्वप्रसिद्ध छन् । उनले ‘आर्ट अफ लिभिङ फाउन्डेसन’मार्फत जीवन जिउने तरिका सिकाउँछन् ।

बाह्य सूत्र
अन्य व्यक्तिसँग व्यवहार गर्नका लागि र बुद्धिमत्तापूर्वक जीवन जिउनका लागि पहिलो सूत्र साम हो । जसको अर्थ शान्ति र समझदारीले भरिएको बाटो हो ।

यदि यो तरिकाले काम गर्दैन भने तपाईंं दोस्रो तरिका अपनाउन सक्नुहुन्छ । जसलाई दान भनिन्छ । यसको अर्थ क्षमा दिनुस्, अरूलाई ठाउँ दिनुस् र जे हुँदै छ त्यो हुन दिनुस् ।

यदि मानिसले तपाईंंको यो उदारतालाई पहिचान गर्दैनन् भने तेस्रो काइदा लगाउन सक्नुहुन्छ । जसलाई भेद भनिन्छ । यसको अर्थ तुलना गर्ने र दूरी उत्पन्न गर्ने हो । यदि कोही व्यक्तिले तपाईंंलाई समस्या सिर्जना गर्छ भने पहिले तपाईंं त्यस व्यक्तिसँग कुराकानी गर्नुस् । यदि यसो गर्दा काम बन्दैन भने प्रेमपूर्वक ती व्यक्तिलाई उपेक्षा गर्नुस् । उसलाई आफैँ सम्झने अवसर दिनुस् । तपाईंंको उदारता र उपेक्षाले उसलाई गल्ती अनुभव गराउन सक्छ ।

तर, यदि यसो भएन भने उसलाई भेद गर्नुस् अर्थात् दूरी कायम गर्नुस् । यदि त्यहाँ दुई व्यक्ति छन् भने तपाईंं तीमध्ये एक व्यक्तिसँग थोरै नजिक हुनुस् । यसो गर्नाले दोस्रो व्यक्तिले दूरी अनुभव गर्न थाल्नेछ । उसलाई आफ्नो गल्तीको अनुभव हुन सक्छ । यदि यी सबै कदम असफल हुन्छन् भने अन्तिम कदम बाँकी रहन्छ, दण्ड ।

आन्तरिक सूत्र
यही चार तरिका तपाईंं आफैँले आफूसँग पनि अपनाउनुस् । आन्तरिक जीवनमा यसको अर्थ केही फरक छ । साम– समानता बनाउने ।
यदि सुखद क्षण आइरहेको छ भने त्यसलाई नियाल्नुहोस् । यदि दुःखद क्षण आइरहेको छ भने त्यसलाई पनि नियाल्नुहोस् । आफूलाई दुवै अवस्थामा समान राख्नुहोस् । दानको अर्थ छाड्नु हो । समस्यालाई छाड्नुहोस् । त्यस्तो विघ्न जसले तपाईंंलाई समानताजस्तो राजसी सिंहासनमा आसीन हुन दिइरहेको छैन । जुन कुराले तपाईंंको मनलाई दुखित बनाइरहेको छ । समस्या बढाइरहेको छ । यस्ता कुराहरू समर्पित गर्नुस् । जब मनले भन्नेछ, ‘तपाईंंले राम्रो गर्नुभयो ।’ तपाईंं खुसीले मात्तिनुहुनेछ । जब मनले भन्नेछ, ‘गलत गर्नुभयो ।’ तब तपाईंं निराश बन्नुहुन्छ ।

नकारात्मक कामले पीडा दिन्छ । तर, यो अवस्था सधैँ रहँदैन । राम्रो कामले खुसी दिन्छ । तर, केही समयपछि त्यो खुसी पनि गायब हुन्छ ।
हरेक कार्य र त्यसको फल समाप्त हुन्छ । सधैँ रहँदैन । दानको अर्थ दिनु हो र यसमा क्षमा पनि समावेश छ । जब तपाईंको मन कहिले कता कहिले कता भागिरहेको छ भने त्यसलाई भाग्न दिनुस् । पक्रेर नबस्नुस् । शान्त भएपछि पछाडि फर्कनुस् र फेरि फिर्ता लिनुस् ।

यस्तो कहिल्यै नसोच्नुस्
‘म आफ्नो मनदेखि हैरान भएको छु र थाकेको छु,’ यस्तो गर्नु र ईष्र्या गर्नु गलत हो । आफ्नो मनलाई घृणा नगर्नुस् । आफ्नो मनलाई क्षमा गरिदिनुस् । अज्ञानताले मेरो मन मूर्ख विषयहरूको पछाडि भागेको छ भनेर भन्नुहोस् । त्यसपछि तपाईंको मनबाट झगडा समाप्त हुनेछ । अब हामी भेद नीतिका विषयमा कुरा गर्नेछौँ । तुलना गर्नुस् । उपयोगी र अनुपयोगी विषयको तुलना गर्नुस् । यो शरीर केवल खोल हो र खाली छ । जब तपाईं आफ्नो शरीरलाई देख्नुहुन्छ । तब कहिले सुखद तरंग कहिले दुखद स्पन्दन उठ्न थाल्छ ।

तपाईंले गहिरिएर यसलाई हेर्नुभयो भने त्यो समाप्त हुनेछ । तपाईंको कण–कणबाट ऊर्जा उठ्नेछ । जब तपाईं यसरी हेर्नुहुन्छ तब ऊर्जा समान रूपमा बग्न थाल्नेछ । सन्तुलन बन्नेछ । तपाईंलाई अनुभव हुनेछ कि तपाईं यो शरीर वा कोरा स्पन्दन होइन । शरीरबाट धेरै अगाडि जान सक्नुहुन्छ । यस्तो चेतनासँग जोडिएको हुनुहुन्छ जो विश्व ब्रह्माण्डमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस