काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् ।
सांसद उदयशम्शेर राणाले ऐन नबाझिने गरी कानून निर्माण गर्नुपर्ने बताए । जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामुनि ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने उनले बताए । उनले लगानी आइसकेपछि पनि सहज रूपमा काम अघि बढाउनका लागि सहज कानून बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै सांसद दिलेन्द्र बडूले जलस्रोत विधेयक २०८१ मा आयोग गठन गर्ने विषयलाई थप स्पष्ट पार्नुपर्ने बताए । जलस्रोत विधेयक २०८१ लाई राष्ट्रिय हितमा हुने गरी जटिलता हटाइ अघि बढाउनुपर्ने धारणा राखे।
विधेयकलाई समृद्ध बनाउनका लागि आफू लगायत धेरै सांसदहरूले संयुक्त संशोधन राखेको उनले जानकारी दिए । जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने उद्देश्यका साथ सरकारले उक्त विधेयक ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, १४ : ५०
लेखकबाट थप