काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा रु ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो ।
चालू आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।
एक महिनामा चालूतर्फ रु १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ रु आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ ।
त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् रु १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ ।चालू आर्थिक वर्षका लागि सरकारले चालूतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ ।कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ ।
चालू आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन ।साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन