काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ हाल सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ ।
मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लाग्नुपर्ने बताए ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्काको भारत भ्रमण : यस्ता छन् विद्युत् पूर्वाधार निर्माणमा भएका महत्त्वपूर्ण सहमति
दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ : उर्जामन्त्री खड्का
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या तत्काल समाधान गर्न मन्त्री खड्काको निर्देशन
सरकारले एक वर्षभित्र सबैको घरमा विद्युतीकरण हुनेगरी काम अघि बढाइएको छ : ऊर्जामन्त्री खड्का
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का