पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, २० : ३३
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।   

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबार बिहानैदेखि लागू हुनेछ । 

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जनाएको छ ...

प्रतिक्रिया दिनुहोस