काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा छलफल चलिरहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर आएको दाबी गरेका छन् ।
उनले प्रतिनिधिसभामा बोल्दै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन ,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई तीन विषयमा केन्द्रित राखेर ल्याएको उनको दाबी थियो ।
उनले पीडित, अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्चको फैसलालाई केन्द्रमा राखेर बनेको दाबी गरे । ‘यो विधेयकलाई हामीले टुङ्गोमा पुर्याउन सबैको सहयोगसँगै मेहनत गरेका छौँ। यो साझा दस्ताबेजको रूपमा संसदमा आएको छ’ उनले भने, ‘सबैको अथक मेहनतबाट यो कानुन निर्माण सम्भव भएको हो ।
’ उनले संयुक्त राष्ट्रसंघका महासचिवले यही संसदमा विधेयक पीडित मैत्री हुनुपर्ने भनेको कुरा पनि उनले स्मरण गरे ।उनले यो प्रतिवेदनले पीडितलाई केन्द्रमा राखेको दाबी गरे । उनले यो कानुनले एकातर्फ पीडितलाई केन्द्रमा राखेर र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्याय सम्बन्धमा गरेको आदेशलाई समेत नजिरको रूपमा सम्बोधन गरेको दाबी उनले गरे ।
उनी यो विधेयक टुङ्ग्याउन लामो समयदेखि सक्रिय भएका थिए । सरकारको कार्यदलको तीन सदस्य मध्ये उनी एक हुन् । उनीसहित उक्त संयन्त्रमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा पनि थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : ५०
लेखकबाट थप