टीआरसी विधेयक पीडितमैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन गर्दैछौं : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १३ : ४१
टीआरसी विधेयक पीडितमैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन गर्दैछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन व्यवस्थापन हुने बताएका छन् । विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।

उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’

टीआरसी विधेयक टुंगिएपनि नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन हुने बताए ।

प्रतिक्रिया दिनुहोस