नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि नमुना: प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १३ : ३९
नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि नमुना: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि नमुना भएको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक तरिकाले अघि बढेको बताएका हुन् ।

‘खुसी हाम्रो देशमा द्वन्द्व थियो, शान्ति प्रक्रियामा अघि बढ्यो । आफैँले आफ्नो  हिसाबले अघि बढाएका हौँ । मौलिक छ र आफ्नै प्रयासबाट अघि बढेको छ,’ उनले भने, ‘सकरात्मक ढंगले समाधान हुँदै आएको छ । दुनियाँका लागि नमुना हुने गरी शान्ति प्रक्रियालाई अघि बढाएका छौँ ।’ 
  
सत्य निरुपण तथा मेलमिलाप र मेलमिलापको कुरा बाँकी रहेको र अहिले टीआरसीभित्र दुवै विषय समेटिएको उनले बताए । २०६२ सालबाटै शान्ति प्रक्रिया सुरु गरेको उनले बताए । द्वन्द्व व्यवस्थापनका सन्दर्भमा १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस