सुनको मूल्य घट्यो, आज तोलाको कति ?

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, ११ : ०८
सुनको मूल्य घट्यो, आज तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तीन सयले रुपैयाँले घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

 मंगलबार भने तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस