रौतहट । रौतहटको सदरमुकाम गौरमा धारिलो हतियार प्रयोग गरी एक जना वृद्धको हत्या गरिएको छ। गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।
गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मिटर पर धानको खेतमा आज बिहान साढे ८ बजे भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए।
घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।
मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा एक महिलाको हत्या
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा
कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या