दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण

रासस

मंगलबार, २९ साउन २०८१, १३ : १६
दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण

तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु.एक करोड मूल्य बराबरका चारवटा प्रयोगशाला यन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो ।

पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरे । नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा  बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् ।

यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दै आएको थियो ।  उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा  राष्ट्रियसभा सदस्य पदम परियार,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए ।

यसैबिच, प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस