एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन्।
यस क्रममा ट्रम्पले एक्सका मालिक इलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका छन्। २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षका लागि प्रतिबन्ध लगाइएको थियो।
मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताका रूपमा वर्णन गर्दै यसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने बताए।
ट्रम्पले मस्कलाई ‘सबै रेकर्ड तोडेकामा’ धन्यवाद दिए। उनले यो कार्यक्रम धेरै मानिसले सुन्न पाउने बताए। मस्कले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरे।
आफ्नो अनुभवबारे विस्तृत कुरा गर्नुअघि ट्रम्प हाँस्न थाले। उनले भने, ‘यो सुखद त बिलकुलै थिएन।’
जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।
एक्स र फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लागेपछि ट्रम्पले आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल सुरु गरे।
जहाँ ट्रम्पका ७.५ मिलियन फलोअर्स छन्। एक्समा भने उनलाई ८८ मिलियन मानिसले पछ्याउँछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ साउन २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा
समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु: ट्रम्प