काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालबीच भेटवार्ता भएको छ । डा. ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका छन् ।
डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।
उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार: मुकुल
स्वर्णिम वाग्लेबाट मलाई कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु : मुकुल ढकाल
रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने