काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्तीमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले स्वर्णिमको सचिवालयबाट फोन गर्दा आफूले नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेर धम्की आएको उनले दाबी गरेका हुन् ।
यसबारे आफूले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको उनले उल्लेख गरेका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ ।
मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन… लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’यसअघि उनले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा स्वर्णिमलाई विभिन्न गम्भीर आरोप आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव (पूर्णपाठ)
रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने