माओवादी स्थायी कमिटी बैठक

पार्टीको नाम र चुनाव चिन्ह फेरौं : जनार्दन शर्मा

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १२ : ५६
पार्टीको नाम र चुनाव चिन्ह फेरौं : जनार्दन शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन ।  सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । 

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन । 

बैठक जारी छ  । 

प्रतिक्रिया दिनुहोस