हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १८ : ३१
हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए।

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस