नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १४ : ५५
नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौं ।  नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने, 'हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ ।' उनले आफूहरू पनि त्यता जान लागेको बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस