काठमाडौँ । नेपली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ । यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो