प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १४ : ०५
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने

काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिए । ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक समिति बैठकमा सहभागी हुन लागेका हुन् ।

यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाएका थिए ।  समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले भने अनविज्ञता प्रकट गरेको छ ।  सञ्चारविज्ञ रामशरण बजगाईँले प्रधानमन्त्री समिति बैठकमा सहभागी हुने सेड्युलमा नभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस