काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने बताएका छन् ।
नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।'हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौं ।
संयुक्त राष्ट्र सङ्घको वडापत्र, पञ्चशील र असम्लग्नताका सिद्धान्तबाट हामी निर्देशित छौं । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौं,' प्रधानमन्त्री ओलीले भने ।
भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम नेपाली नगर्ने उनले बताए ।'हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौं । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौं ।
राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरूपमा सामना गर्न सक्छौं । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरूपमा आफ्ना जायज कुरा राख्नुपर्छ ।
जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै
अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री ओली
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ : प्रधानमन्त्री ओली