काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशालाको दोस्रो दिन शनिबार पनि जारी छ । बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा ६ वटै समूहलाई छलफलका लागि समय दिइएको छ ।
कार्यशालामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीपरक्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।
महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेस गर्न भनिएको छ। आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने बताइएको छ ।कार्यशालामा आज साँझ महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा