भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल बराबरी

एजेन्सी

शनिबार, १९ साउन २०८१, ०७ : २३
भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल बराबरी

एजेन्सी । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको छ ।

आर प्रेमदासा रंगशालामा पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाएर २३० रन बनाएको थियो । तर, १३ बल बाँकी रहँदा पनि भारतीय टोलीले यो स्कोर पार गर्न सकेन ।

श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो रह्यो । भारतको पहिलो विकेट १२ औं ओभरमा शुभमन गिलको रुपमा खसेको थियो, जब टोलीको स्कोर ७५ रन थियो ।

तर यसपछि रोहित शर्मा र वासिङ्टन सुन्दर चाँडै आउट भए । विराट कोहलीले इनिङ्सलाई नियन्त्रण गर्ने प्रयास गरे तर हसरंगाको बलमा २४ रन बनाएर एलबीडब्ल्यू आउट भए ।

यसपछि श्रेयस अय्यर, केएल राहुल, अक्षर पटेल, कुलदीप यादव र शिवम दुबेले क्रमशः रन बनाएर टोलीलाई जितको उचाइमा पुर्याए । अन्ततः अर्शदीप सिंह आए तर उनले रन जोड्न सकेनन् र आउट भए । योसँगै भारतीय इनिङ्सको अन्त्य भयो ।

श्रीलंकाका लागि डुनिट भेलालागेले अविजित ६७ रन बनाए । पटुम निसान्काले ५६ रनको योगदान दिए । यसबाहेक श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले २४ रनभन्दा बढी रन बनाउन सकेनन् ।

भारतका लागि अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद सिराज, शिवम दुबे, कुलदीप यादव र वासिङ्टन सुन्दरले एक–एक विकेट लिए ।