यस्ता छन् अनुहारकाे लागि चिनीका पाँच फाइदा

एजेन्सी

शुक्रबार, १९ असोज २०७५, १० : २३
यस्ता छन् अनुहारकाे लागि चिनीका पाँच फाइदा

१. पोतो र कालो दाग हटाउनु: यसको लागि हामीलाई चाहिन्छ कागतीको रस र चिनी। एउटा सफा कचौरामा एक चम्चा चिनी र एक चम्चा कागतीको रस राख्ने र यी दुवै सामग्रीलाई मिसाउने। चिनी कागतीको रसमा घोलिसकेपछी सफा अनुहारमा यो मिक्स्चरलाई लगाउने। अनि ५ मिनेट सम्म अनुहारमा राख्ने। ५ मिनेटपछी अनुहार पखाल्ने। यो विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस्।

२. बुढ्यौलीपनलाई हटाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, एलोवेरा जेल र दुध। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा एलोवेरा जेल र एक चम्चा दुध लिने र यी सामग्रीहरुलाई राम्रोसंग मिसाउने। अब धोएर सफा बनाएको अनुहारमा यो मस्क लगाउने र १० मिनेटसम्म राख्ने। १० मिनेटपछि थोरै पानी राखेर अनुहारमा यस मस्क संगै एकछिन मसाज गर्ने। अनि अनुहारलाई धुने। एकदम प्रभावकारी रिजल्ट पाउनको लागि यो विधिलाई हप्तामा २ पटक दोहोर्याउनुहोस्।

३. घामले डढेको छालालाई हटाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, गोलभेंडाको जुस र बेसन। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा गोलभेंडाको जुस र एक चम्चा बेसन लिने र यी सामग्रीहरुलाई राम्ररी मिसाउने। अब यो प्याकलाई सफा अनुहारमा लगाउने र करिब १० मिनेटसम्म राख्ने। लगाएको १० मिनेट पछी चिसो पानीले धुने। यो विधिलाई हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. कालो ओंठलाई गुलाबी बनाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, ओलिव ओइल र कागतीको रस। अब एक चम्चा चिनी, एक चम्चा ओलिव ओइल र एक चम्चा कागतीको जुस लिने र मज्जाले मिसाउने। यस मिक्स्चरलाई ओंठमा लगाउने र १० मिनेटसम्म छोड्ने। त्यसपछि पानीले पखाल्ने। यो विधिलाई १० दिनसम्म निरन्तर प्रयोग गर्नुहोस्। जसले कालो ओंठलाई गुलाबी बनाउन मद्धत गर्दछ।

५. अनुहारमा लगाउने स्क्रब: यसको लागि हामीलाई चाहिन्छ चिनी, चामलको पिठो र दुध। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा चामलको पिठो र एक चम्चा दुध राख्ने र यी सामग्रीहरुलाई राम्ररी मिसाउने। अब सफा अनुहारलाई यो स्क्रब लगाउने र विस्तारै ५ मिनेट सम्मको लागि मसाज गर्ने। त्यसपछि अनुहारलाई यो पेस्टलाई सुक्न दिने। सुकेपछि अनुहारलाई चिसो पानीले पखाल्ने। यसो गर्नले अनुहारमा दबिएर रहेको फोहोरलाई बाहिर निकाल्ने काम गर्छ र अनुहारलाई चम्किलो र गोरो बनाउँन मद्धत गर्छ।

प्रतिक्रिया दिनुहोस