गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत, न्यौपाने र श्रेष्ठ बने स्थायी कमिटी सदस्य

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १६ : २४
गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत, न्यौपाने र श्रेष्ठ बने स्थायी कमिटी सदस्य

काठमाडौँ । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ।बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता  मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई  स्थायी कमिटी सदस्य नियुक्त गरेको हो ।