काठमाडौं । म्यानमारमा थप ६ महनिाका लागि संकटकाल थप गरिएको छ । सेनाप्रति बफादार (जुन्टा) ले बुधवार आपतकालीन अवस्थालाई थप ६ महिनाका लागि विस्तार गरेको हो । सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो ।
स्थापित जातीय अल्पसंख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा यसले आपतकालिन अवस्थालाई थप गर्दै आएको छ । म्यानमारको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागु गरिरहेको छ ।
संविधानले आपतकालिन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा सेना र विपक्षीबीचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ साउन २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश