प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो

विहीबार, १८ असोज २०७५, २१ : ०७
प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो

file photo

धनुषा । प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ ।

प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारले संसद् सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराए पनि बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरिएको हो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबारको बैठकमा दुवै विधेयकमाथि छलफल शुरु हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस