दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १६ : ४१
दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्त्रीको एक सय दिनको कार्यप्रगति खोजिने बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्न र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न निर्देशन दिए ।

दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई उनले निर्देशन दिएका छन् ।'एक सय दिनमा के काम गर्ने हो स्पष्ट भएर अघि बढ्नुहोला, आ–आफ्नो मन्त्रालयले के गर्‍यो भनेर एक सय दिनमा प्रतिवेदन बनाउनुपर्छ । प्रतिवेदनमा लेखिने कामहरू सन्तोषजनक र चित्तबुझ्दो हुनुपर्छ,' उनले भने ।

यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकाल पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने बताएका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस