काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको जस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरेका हुन् ।
पार्टीको काठमाडौँ -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको बताए । नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो ।
काङ्ग्रेस,एमाले,माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाइ गर्न नहुने र सशक्त राप्रपा नेपाल आजको आवश्यकता भएको समेत बताए ।
विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी , राजाराम बर्तौला "चुनेली" ,राजकुमार खड्का र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा
बेथिति र विकृतिको समूल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा