काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्न लागेको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन गर्ने कार्यसूची रहेको छ ।
संसदका विषयगत समितिमध्ये यो समितिको गठन भएको थिएन । निर्वाचनपछि झन्डै २० महिनापछि यो समिति बन्न लागेको हो । यो समिति बाहेक संघीय संसदमा अन्य १५ वटा समिति २०८० साल वैशाख १५ गते गठन भएका थिए ।
आजको बैठकमा सभामुखले समितिका लागि सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो समिति संयुक्त समिति भएकोले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू यो समितिको सदस्य रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
संसद् बैठक अझै बस्न सकेन
प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सर्यो
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित