पोखरामा विद्यार्थी सवार स्कुल बस पल्टियो

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १० : ०७
पोखरामा विद्यार्थी सवार स्कुल बस पल्टियो

पोखरा । पोखरामा आज (सोमबार) बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।

सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर पल्टिएको वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अहिले प्रहरी र स्थानीयले विद्यार्थीहरूको उद्धार गरिरहेका छन्। घाइतेलाई अस्पताल पठाइएको छ।