एजेन्सी । पाकिस्तानमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तस्थित वेहारी जिल्लामा रहेको गागो प्रहरी हिरासतमा मुरातिब नाम गरेका व्यक्तिको मृत्यु भएको पाकिस्ताबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।
मृतकका बुवा मुहम्मद अजमलले प्रहरीले लगातार तीन दिनसम्म यातना दिएपछि छोराको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीले उनलाई चोरी गरेको आरोपमा हिरासतमा लिएको डनले जनाएको छ ।
यद्यपि प्रहरीका एसपी फारुख कमियानले नुहाउने क्रममा मुरातिब ढलेको र उनलाई जिल्ला अस्पताल लगिएको भएपनि बचाउन नसकेको प्रष्टीकरण दिएका छन् ।
उनले प्रहरीले सीसीटीभी रेकर्डका आधारमा अनुसन्धान गर्ने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ साउन २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु
दुर्घटनामा बुवाको मृत्यु, छोरा घाइते