काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन्।
उनले भने– ‘मौद्रिक नीति राम्रो छ। अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ।’
अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे।
मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल