काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए ।
बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिए ।
परिवारले कम्पनीका सीईओले भेटेर आफूहरूसँग लिखित सम्झौता गर्नुपरे माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो आयो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो
जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने
जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ
सौर्य एयरलाइन्स जहाज दुर्घटनाः एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री लेखक पुगे घट्नास्थलमा