विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १५ : १९
विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । सर्लाही, रौतहट र पाल्पामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो ।त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–५ बस्ने ५५ वर्षीय सुनेसर राय यादवको पनि करेन्ट लागेर मृत्यु भएको छ । 

मंगलबार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । 

उता, पाल्पाको  बग्नासकाली गाउँपालिका–६ दर्पुक बस्ने ३० वर्षीय विष्णु अधिकारीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँमा ट्रान्सफर्मरको फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।