रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १३ : ३९
रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुकुमपश्चिममा दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस वर्षको मनसुनले ४८ परिवार विस्थापत भइसकेको बताए । दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको र स्थानान्ततरण गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।

उनका अनुसार आठबिसकोट नगरपालिकाका वडा नम्बर १२, ११ र ९ मा ४५ घर विस्थापित भइसकेका छन् । उक्त नगरपालिकामा १५ सय ६० परिवार अत्यन्त जोखिममा रहेका छन् ।

सानीभेरीमा एक हजार २६ हजार अत्यन्त जोखिमा रहेका छन् । बासिकोटमा ३ घर विस्थापत भइसको छन् भने ५४ घर सार्नै पर्ने अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस