विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : डा. स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १५ : १५
विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै डा. स्वर्णिम वाग्ले अहिले नेपालमा विदेशी मुद्रा १५ अर्ब डलर थुप्रिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो विदेशी मुन्द्राले १५ महिनाको आयात धन्न सक्ने भइसको छ । यसलाई कसरी परिचालन गर्ने भन्ने हो । राष्ट्र बैंकमा यती धेरै विदेशी मुन्द्रा जम्मा भएको पहिलो पटक हो । रेमिट्यान्सले गर्दा नै विदेशी मुन्द्रा वृद्धि भएको हो । नेपालबाट विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ । ६० वर्ष अघि नेपालमा विदेशी मुन्द्रा सञ्चितिमा समस्या हुने भएकाले नेपालबाट विदेशमा लगानी गर्न बन्द गरेको थियो । अब त्यसलाई पनि कडा नियम बनाएर विदेशमा लगानी गर्न दिनुपर्छ । हिमालयन जाभाले विदेशमा किन लगानी गर्न नपाउने ? विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ । नेपालबाट लगानी भएको पैसा नेपाल नै फर्किने वातावरण बनाउनु पर्छ ।’a

मौद्रिक नीतिले अब कसरी अगाडी बढ्ने भन्ने महत्त्वपूर्ण काम गर्न सक्ने समय आएको वाग्लेले बताए । नीति मन्थनमा अनिल केशरी शाह सहकर्ता रहेका छन् । प्यानलमा नरबहादुर थापा, भुवन दाहाल र वर्षा श्रेष्ठ रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस