हटाइयो बालकुमारीको अनधिकृत संरचना

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १२ : २१
हटाइयो बालकुमारीको अनधिकृत संरचना

काठमाडौँ । बालकुमारीमा रहेको अनधिकृत संरचना हटाइएको छ । ललितपुर महानगरपालिकाले आइतबार ती संरचना हटाएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो ।

प्रहरीका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृत रूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको प्रहरीको भनाई छ ।

महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो । सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो ।

त्यहाँ रहेका ९ वटा घरटहरा मध्ये २ वटा सूचनापछि ठाउँ खाली गरिएको र आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको नगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस