रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो ।
यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् ।
खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो । एक पत्रकार सम्मेलनमा नेतान्याहुले हमासका सबै वरिष्ठ नेताहरुको नामोनिशान मेटाउने कशम खाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार
मध्यपूर्वमा फेरि तनाव : इजरायलले गर्यो लेबनानमा तीव्र आक्रमण
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने