अस्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क बिदाइको तयारीमा

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १६ : १५
अस्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क बिदाइको तयारीमा

काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।

सन् २०२१ मा भोल्कलाई अस्ट्रेलियाले राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न बिदाइ कार्यक्रमहरू सरिक भइरहेकी छिन् ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अस्ट्रेलियन राजदूतको रूपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

हालैमात्र नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो ।  उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।

उता, क्यानबेरामा रहेको नेपाली दूतावासमा जोन्स्टनका लागि स्वागत समारोहको आयोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस