संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गर्नुपर्छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, ०८ : १९
संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् ।

दुई सय एघारौँ भानु जयन्तीको अवसरमा शुभकामना दिँदै उनले भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित  प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताए । 

आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु, उनले शुभकामना सन्देशमा भनेका छन् । 

भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । 

प्रतिक्रिया दिनुहोस