काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति सार्वजनिक गर्ने भएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिन प्रस्ताव पेस गरेको प्रतिनिधि सभाको बैठकको छलफलमा भाग लिँदै लेखकले सहमति छिट्टै सार्वजनिक हुने बताएका हुन् ।‘दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’
प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ । राजनीतिक स्थिरताको लागि एमालेसँग मिलेर सरकार गठन गर्न लागेको भन्दै उनले यसलाई अस्वाभाविक रुपमा नलिन आग्रह गरे ।
लेखकले एमाले अध्यक्ष केपी ओली संविधानको धारा ७६(२) प्रधानमन्त्री बन्ने बताए । गत असार १७ गते कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।
सो सहमति अनुसार केपी ओली पहिलो दुई वर्ष र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ । त्यस्तै, संविधान शंसोधन गर्ने, राजनीतिक स्थिरता दिने, अर्थतन्त्रलाई चलायमान बनाउने उद्घोष पनि कांग्रेस र एमालेले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला
कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु