बालुवाटारमा पचण्डपत्नी सीताको स्मरण, स्मृति पुस्तक विमोचन

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १२ : ००
बालुवाटारमा पचण्डपत्नी सीताको स्मरण, स्मृति पुस्तक विमोचन

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको प्रथम स्मृति दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

बिहीवार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले सीताका तस्वीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवालगायत सहभागी थिए ।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

 

 

 

 

 

 

 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन पनि गरे ।माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता विसं २०२८ देखि कम्युनिस्ट आन्दोलनमा लागेकी थिइन् । उनी २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस