एमाले सचिवालय बैठक स्थगित

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १३ : ५०
एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।

‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान  ११.०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस