काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। सरकारले जारी गरेका ६ वटा अध्यादेश संसद्मा निर्णयार्थ पेस हुन सकेका छैनन्। प्रतिनिधि सभामा कांग्रेस-एमाले सहितको सत्ता गठबन्धनको बहुमत भए पनि राष्ट्रिय सभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक छ।
यस पार्टीले सरकारलाई समर्थन गरे पनि सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै आएको छ। सत्तापक्षले भने सबै अध्यादेश सदनमा पेस गर्ने र पास हुने दाबी गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक मंगलबार
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय
एमालेको सचिवालय बैठक शुरु