काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही असार २८ गते शुक्रबार विश्वासको मत लिने जानकारी संसद्लाई गराएका छन् ।
सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद् सचिवालयलाई पत्रमार्फत विश्वासको मत लिने जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्यालयको पत्रपछि आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको जानकारी प्रतिनिधि सभालाई गराएका हुन् ।यस अघि प्रधानमन्त्रीले ४ पटकसम्म विश्वासको मत लिइसकेका छन् ।
२०७९ मा प्रधानमन्त्री भएपछि पहिलोपटक पुस २६ गते, चैत ६, २०८० फागुन ३० गते र गत जेठ ७ गते प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए । यी चारपटक प्रधानमन्त्रीले बहुमत पाएका थिए ।
तर यसपटक प्रमुख सत्ता सहयोग एमालेले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत पाउन कठिन देखिएको छ ।कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने समझदारी गत असार १७ गते गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे