नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १३ : २८
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस