काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणा शनिबार रिहा हुने भएका छन् ।
उनलाई रिहा गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
उनका अनुसार प्रतिमालाई प्रहरीले बिहान साढे ८ मा आइपुग्न भनेको छ ।
राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि सो दिन रिहा नगरिएको प्रहरी स्रोतको भनाइ छ । तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका थिए । तर, उनी क्यान्सरका बिरामी भएकाले प्रहरीले जिम्मा जमानीमा छाड्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी