श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीनजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १२ : ११
श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीनजना पक्राउ

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो ।

बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करिब १० किलो २ सय ३० ग्राम चरेससहित भारत घर बताउने अन्दाजी २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।

बीआर ०५ बीई ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले  मोटरसाइकलको हेल्मेट र सिटमुनि लुकाई ल्याउँदै गरेको अवस्थामा चरेस फेला परेको हो । नियन्त्रणमा लिइएकाहरूलाई बरामद रुपैयाँ, चरेस र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस